यु–२३ एसिया कप छनोट ड्र सार्वजनिक, नेपाल समूह ‘बी’मा

एएफसी यु–२३ एसियन कप छनोटको ड्र सार्वजनिक भएको छ। सन् २०२२ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२३ एसिया कपको छनोटमा नेपाल समूह ‘बी’ छ।

एसियन फुटबल कन्फेडेरेसनले शुक्रबार सर्वाजनिक गरेको ड्र अनुसार ड्रको ‘पट–४’मा रहेको नेपाल समूह ‘बी’मा परेको हो। ‘पट–४’मा नेपालसहित किर्गिजिस्तान, माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तान रहेका थिए।

नेपाल रहेको समूह ‘बी’मा बलिया टिमहरु इरान, ताजकिस्तान र लेबनान परेका छन्। समूह बीका खेला ताजकिस्तानमा २३ अक्टोबरदेखि ३१सम्म हुनेछ ।

एसिया कप छनोटमा एएफसीले ४२ टिम सहभगाी हुने छन् । जसलाई एर्फसीले लाई ११ समूहमा विभाजन गरेको छ।

जसबाट प्रत्येक समूहका शीर्ष ११ टिम उज्वेकिस्तानमा हुने अन्तिम प्रतियोगितामा छनोट हुने छन् भने दोस्रो स्थानमा रहेका शीर्ष ४ टिमले पनि यू–२३ एसिया कप खेल्ने छन्।

Facebook Comments Box