डर्टमन्डले लेइपजिगलाई हरायो, दोस्रो स्थान पक्का

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमन्डले आरबी लेइपजिगलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले लेइपजिगमाथि २–०को सहज जित निकालेको हो ।

घरेलु मैदानमै लेइपजिगलाई हराउँदै डर्टमनडले लिगमा दोसो स्थान पक्का गरेको छ । अब १ खेल मात्र बाँकी रहेको अवस्थामा दोस्रो स्थानमा ६ अंकको अग्रता बनाउँदै डर्टमन्डले दोस्रो स्थान पक्का गरेको हो ।

डर्टमन्डको ६९ अंक छ भने तेस्रो स्थानमा रहेको लेइपजिगको ६३ अंक छ । ७९ अंकका साथ बायर्न शीर्ष स्थानमा छ र उसले उपाधि जितिसकेको छ ।

लाइपजिगको मैदानमा डर्टमण्डलाई जित दिलाउन दुवै गोल अर्लिङ हल्यान्डले गरे । उनले ३०औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा हल्यान्डले गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

यसैगरी शनिबार राति नै भएका अन्य खेलमा मान्चेनग्लाबाचले पार्डाबोनलाई ३–१ ले हराउँदा बायार लेवरकुसन हर्थ बर्लिनसँग २–०ले स्तब्ध भयो । यस्तै होफेनहाइमले युनियन बर्लीनलाई ४–०, साल्केलाई वोल्फ्सबर्गले ४–१, माइन्जले भेरडाआ ब्रेमेनलाई ३–१ ले पराजित गरे । भने फोर्टुना डुसलडोर्फ असबर्ग तथा कोल्नले फ्र्यांकफर्टले १–१ गोलको बराबरी खेले ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.