लेइपजिगलाई हराउँदै डर्टमन्ड च्याम्पियन

बोरुसिया डर्टमन्डले जर्मन कप (डिएफबी पाेकल) फुटबलको उपाधि जितेको छ। बिहीबार राति भएको फाइनलमा जाडोन सान्चो र इर्लिङ हलान्डले उत्कृष्ट प्रदर्शन गरेपछि आरबी लेइपजिगमाथि ४–१को सानदार जित निकाल्दै डर्टमन्ड च्याम्पियन्स बनेको हो।

बर्लिनमा भएको फाइनलमा डर्टमन्डका लागि जाडोन सान्चो र इर्लिङ हलान्डले समान दुई गोल गरे भने लेइपजिगका डानिएल ओल्मोले एक गोल फर्काए ।

पाँचौं मिनेट सान्चोले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । २८औं मिनेमा हलान्डले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमै इन्जुरी समयमा सान्चोले गोल गरेपछि डर्टमन्डले पहिलो हाफमै ३–०को अग्रता बनायो ।

७१ औं मिनेटमा ओल्मोले गोल गर्दै लेइपजिगलाई खेलमा फर्काउने प्रयास गरे । तर, ७८ औं मिनटमा हलान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमन्ड ४–१ले विजयी हुँदै पाँचौँ पटक जर्मन कप उपाधि जित्न सफल भयो ।

जर्मन कप बायर्न म्युनिखले सर्वाधिक २० पटक जितेको छ ।

Facebook Comments Box