जियासले विश्वकपको सबै रकम च्यारिटीमा दिने

Read Time:1 Minute

कतार विश्वकपमा मोरक्कोलाई सेमिफाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका विंगर हाकिमी जियासले विश्वकप खेले वापत आफूले पाउने सम्पूर्ण रकम च्यारिटीमा दिने घोषणा गरेका छन्।

२९ वर्षीय विंगल जिसायसले विश्वकपबाट आउने रकम च्यारिटी र टिमका सदस्यहरूलाई दिने बताएका छन्। मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलसम्म पुग्दा जियासले दुई लाख ६२ हजार पाउन्ड कमाएका थिए।

यसअघि पनि जियासले मोरक्कोका फुटबल टिम, अस्पताल र गरिबलाई सहयोग गर्ने संस्थाहरूलाई सहयोग गर्ने गरेका थिए।

वालिद रेग्राग्वीले राष्ट्रिय टिमको नेतृत्व सम्हालेपछि जियासले सन्यास फिर्ता लिँदै विश्वकप खेलेका हुन्। 

Happy
Happy
70 %
Sad
Sad
2 %
Excited
Excited
16 %
Sleepy
Sleepy
7 %
Angry
Angry
2 %
Surprise
Surprise
2 %
Previous post बिग बासमा सिड्नी थन्डरको लज्जास्पद प्रदर्शन, १५ रनमै अलआउट
Next post यू–१४ टेनिसमा स्वस्तिका र शिभालीको जोडी च्याम्पियन
Close