क्लब फुटबलफुटबल

हालान्डा बने पिएफएको उत्कृष्ट खेलाडी, साका उत्कृष्ट युवा खेलाडी

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको जितेका छन्। प्रिमियर लिगको डेब्यू सिजन नै उत्कृष्ट प्रदर्शन गरेपछि प्रोफेसनल फुटबलर्स एसोसियसनले हालान्डलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो।

नर्वेका फरवार्ड हालाण्डले गत सिजन सिटिले ट्रेबल उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सिटीका लागि सबै प्रतियोगितामा गरी ५२ गोल गरेका थिए।

हालान्ड सिटीकै केभिन डे ब्रुएना र जोन स्टोन्ससहित आर्सनलका साका र मार्टिन ओडेगार्ड अनी हाल बायर्न म्युनिखका आबद्ध भइसकेका टोटेनहमका तत्कालीन खेलाडी ह्यारी केनलाई पछि पारेका हुन्।

हालान्ड सन् २०२२ मा ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए। उनी वर्ष युवा खेलाडीको सूचीमा समेत मनोनित थिए।

युवा वर्ष खेलाडी अवर्डा भने आर्सनलका विंगर बुकायो साकाले जितेका छन्। उनले गत सिजन आर्सनलका लागि १४ गोल गर्नुका साथै ११ असिस्टगरेका थिए।

महिला युवा वर्ष खेलाडी अवार्ड लाउरेन जेम्सले जितिन्।