भ्रष्टाचार मुद्दामा हरि खड्का दोषी ठहर

Read Time:2 Minute

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बिहीबार खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो।

नेपाल प्रहरीमा जागिर खाँदा नक्कली प्रमाणपत्र पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदखालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पूर्वराष्ट्रिय खेलाडी तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षक समेत रहेका खड्काले २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति हुँदा माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाणपत्र पेश गरेको अख्तियारले दाबी गरेको थियो ।

सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल फुटबल खेलेका खड्काले त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकका रुपमा काम गरेका थिए । तर, प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए।

खड्काले नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत राखी भ्रष्टाचारजन्य काम गरेको ठहर भएको छ। खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदाबी गरिएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post संकटालाई हराउँदै एनआरटी पाँचौं स्थानमा
Next post बार्सिलोना हारबाट जोगियो, लेस्टरको सहज जित
Close