केन चम्किँदा टोटनह्याम विजयी

इंग्लिस स्ट्राइकर ह्यारीले उत्कृष्ट प्रदर्शन गरेपछि इंग्लिस क्लब टोटनह्यामले युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा केनले २ गोल गरेपछि टोटनह्यामले कोक्रएसिन क्लब डाइनामो जाग्रेबलाई २–०ले हरायो।

घरेलु मैदानमा खेलको २५ औं मिनेटमा केनले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २(० को जित दिलाए ।

यसैगरी बिहीबार राति नै भएको अर्को खेलमा एएस रोमाले सख्तर डोनेक्सलाई ३–०ले हरायो । रोमाको जितमा लोरेन्जो पलेग्रिनी, स्टेफन अल सहाराइ र गिन्लुका मान्सिनीले गोल गरेका थिए । यस्तै अर्को खेलमा स्पेनिस क्लब ग्रानडाले मोल्डेलाई २–०ले हरायो। उसका जर्गे मोलिनो र रोबर्टो सोल्डाडोले गोल गरेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.