केनले ह्याट्रिक गर्दा टोटनह्याम युरोपा लिगमा

इंग्लिस क्लब टोटनह्याम छनोट चरण पार गर्दै युरोपा लिगाका लािग छनोट भएका हुन् । बिहीबार राति भएको छनोट चरणको अन्तिम खेलमा ह्यारी केनले ह्याट्रिक गरेपछि टोटनह्यामले इजरायली क्लब माकाबी हैफलाई ७–२ले पराजित गर्दै युरोपा लिगमा स्थान पक्का गर्‍यो ।

घरेलु मैदानमा टोटेनह्यामलाई जिन दिलाउन केनले ह्याट्रिक गरे भने जियोवानी लो सेल्सो २ र लुकास मौरा र डेले अलीले समान एक गोल गरे । हैफका लागि टार्जन चरी र निकिता रुक्यवत्सयाले एक गोल फर्काएका थिए । खेलमा पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल भएको थियो ।

केनले दोस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । चरीले १७औं मिनेटमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । २०औं मिनेटमा लुकास मौराले हेडिङमा गोल गर्दै पुनः टोटनह्यामलाई अग्रता दिलाए । त्यसपछि ४ मिनेट अन्तरमा लो सेल्सोले २ गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा ४–१को अग्रता लियो ।

५२औं मिनेटमा हैफका रुक्यवत्सयाले पेनाल्टीमा गोल गर्दै खेललाई ४–२मा ल्याए । तर, ५६औं र ७४औं मिनेटमा केनले गोल गर्दै आफ्ना् ह्याट्रिक पुरा गरे भने टिमलाई ६–२को सहज अवस्थामा ल्याए । इन्जुरी सयमा डेले अलीले पेनाल्टीमा गोल गरेपछि टोटनह्याम सहज जितका साथ युरोपा लिगमा छनोट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP