सन चम्किँदा टोटनह्यामको सानदार जित

कोरियन स्ट्राइक ह्युङ मिन सन चम्किएको पछि टोटनह्याम इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । आइतबार साँझ भएको खेलमा सनले ४ गोल गरेपछि टोटनह्यामले साउथह्याम्पटनलाई उसकै मौदनमा ५–२ले पारजित गरेको हो ।

टोटनह्यामको यो लिगमा पहिलो जित हो । यसअघि सुरुवाती खेलमा टोटनह्याम एभर्टनसँग १–०ले पराजित भएको थियो ।

टोटनह्यामको जितमा सनले ४ गोल गरे भने ह्यारी केनले १ गोल गरे । साथउह्याप्टनको दुवै गोल ड्यानी इंग्सको नाममा रह्यो । पहिलो हाफ १–१ को बराबरीमा सकिँदा दोस्रो हाफमा ५ गोल भएको थियो ।

घरेलु मैदानमा अग्रता साउथह्याम्पटनले लियो । ३२औं मिनेटमा इंग्सले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा ह्यारी केनको पासमा सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफमा साउथह्याम्पटनले टोटनह्याम माथि पूर्ण दबाब दिएको थियो । उसका ३–४ सट टोटनह्यामक किपर ह्युगो लोरिस बचाएका थिए । दोस्रो हाफमा टोनह्यामले डोम्बेलको स्थानमा लो सेल्सोलाई मैदान छिराएपछि टोटनह्याम खेलमा फर्किएको थियो ।

४७औं मिनेटम केनकै पासमा सनले गोल गर्दै टिमलाई २–१को अग्रता दिलाए। त्यसपछि ६४ र ७३औं मिनेटमा सनले नै गोल गरेपछि टोटनह्यामलाई ४–१को अवस्थामा पु¥याए । सनका चारै गोलमा केलन पास उपलब्ध गराए ।

८३औं मिनेटमा केनले गोल गरेपछि टोटनह्याम ५–१को अग्रता दिलाए । ९०औं मिनेटमा इंग्सले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पनटको अग्रता कम गर्ने प्रयास गरे । ड्वार्टीले डिबक्समा ह्यान्ड गरेपछि साउटह्याम्पटनले पेनाल्टी पाएको थियो ।

टोटनह्यामले लिगमा पहिलो जित निकाल्दा साथउह्याम्टन दुवै खेलमा पराजित भयो । ऊ पहिलो खेलमा क्रिस्टल प्पालेससँग पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP