च्यासलमाथि हिमालयन शेर्पाको जित

जारी सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब विजयी भएको छ। शनिबार दशरथ रंगशालामा भएका पहिलो खेलमा हिमालयन शेर्पाले च्यासल युथ क्लबमाथि ३–१को जित निकाल्यो।

च्यासलविरुद्ध हिमालयन शेर्पालाई जित दिलाउन पिस्टोन मुटुम्बाले २ तथा सुरेश कुमालले १ गोल गरे भने च्यासलका रुमेश बर्तौलाले गोल गरेका थिए।

मुटुम्बाले २५औं मिनटमा गोलमा गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो । केन्याका खेलाडी मुटम्बाले ५६औं मिनेटमा हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए।

७५औं मिनेटमा रुमेश बर्तौलाले गोल गर्दै च्यासललाई खेलमा फर्काउने प्रयास गरे। तर, सुरेश कुमालले ८०औं मिनेटमा गोल गरेपछि हिमालयन शेर्पाले ३–१ले विजयी भयो ।

लिगमा लगातार दोस्रो जित निकालेको हिमालयन शेर्पा ८ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ। च्यासल भने रेलिगेसन जोगमै छ । उ ५ अंकसहित १३औं स्थानमा छ।

Facebook Comments Box