अस्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा

समूहमा लगातार दोस्रो जित निकाल्दै नेदरल्यान्ड्स १६औं संस्करणको यरोकपको नकआउट चरण प्रवेश गरेको छ। बिहीबार राति अम्सटर्डममा भएको खेलमा अस्ट्रियालाई २–०ले हराउँदै नेदरल्यानड्स नकआउट चरणमा प्रवेश गरेको हो।

योसँगै नकआउट चरण पुग्न ३ टिमको टुंगो लगेको छ । यसअघि समूह एबाट इटाली, समूह बीबाट बेल्जियम नकआउट चरण पुगेक छन्।

नेदरल्यान्ड्सलार्य जित दिलाउन मेम्फिस डिपे र डेन्जेल डमफ्राइसले गरे । नेदरल्यान्ड्सले दुवै हाफमा समान १ गोल गरेको थियो ।

घरेलु मैदानमा नेदरल्यान्ड्सले डिपेको गोलमा सुरुआती अग्रता लियो । उनले ११औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । अस्ट्रियाका कप्तान डेविड अलवाले नेदरल्यान्ड्सका डमफ्राइसलाई डिबक्समा लगाएपछि उसले पेनाल्टी पाएको थियो।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डोनयल मालेनको पासमा डमफ्राइजले ६७औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।

समूह सीमा रहेको नेदरल्यान्ड्सको ६ अंक जोडेको छ र उसले नकआउट चरणमा स्थान पक्का गरेको छ। पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हरएको अस्ट्रियाको नकआउट चरण पुग्ने सम्भावना बाँकी नै छ । अन्तिम खेलमा युक्रेनविरुद्ध अंक जोड्न सके ऊ समूहमा दोस्रो हुँदै नकआउट चरण पुग्ने छ।

Facebook Comments Box