मेसीले बार्सिलोनाबाट कति ट्रफी र अवार्ड जिते?

स्पेनिस जाइन्ट बार्सिलोनाले मेसी अब क्लबमा नरहने घोषणा गरेसँगै सिंगो फुटबल जगत स्तब्ध भयो। अब मेसीले बार्सासँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने छैनन्। मेसी र बार्साको कथामा ‘ला लिगा’को विधान भिलेन बनेर आएको छ।

२०२०–२१ सिजन सकिएसँगै बार्सासँग मेसीको सम्झौता सकिएको थियो। कोपा अमेरिका सकेर केही समय भ्याकेसनमा गएका मेसी बार्साको ठूलो ऋणका कारण आधा तलब घटाएर पनि बार्साबाटै खेल्न तयार भएका थिए। तर, बार्साको घोषणासँगै मेसी आगामी सिजन क्याम्प नोउमा देखिने छैनन्।

मेसी बार्साको युथ एकेडेमी ला मासियाबाट सिनियर टिममा आएका हुन्। उनले २००४ मा बार्साको सिनियर टिममा डेब्यु गरेका थिए। १७ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गर्दै १७ वर्ष नै बार्साबाट खेलेका मेसी क्लबका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन्। उनले बार्साका लागि ७७८ खेल खेल्ने क्रममा ६७० गोल गरेका छन्।

मेसीले बार्साबाट जित्न बाँकी पनि केही छैन। उनले बार्सालाई हरेक ट्रफी जिताएका छन्। २००९–१० र २०१४–१५ को सिजन गरी दुइपटक त ट्रेबल नै जिताए। त्यसक्रममा मेसी आफैंले पनि थुप्रै अवार्ड पाउन सफल भए।

मेसीले बार्सालाई जिताएका ट्रफीहरुः

ट्रफीसंख्या
ला लिगा१०
काेपा डेल रे
स्पेनिस सुपर कप
च्याम्पियन्स लिग
युराेपियन सुपर कप
क्लब वर्ल्ड कप
जम्मा४५

मेसीले जितेका अवार्डहरुः

अवार्डसंख्यावर्ष
गोल्डेन बल२००९, २०१०, २०११, २०१२, २०१५, २०१९
युइएफए प्लेयर अफ द इयर२००९, २०११, २०१५
युराेपियन गोल्डेन बुट२०१०, २०१२, २०१३, २०१७, २०१८, २०१९
पिचिची ट्रफी२०१०, २०१२, २०१३, २०१७, २०१८, २०१९, २०२०, २०२१
च्याम्पियन्स लिग टप स्कोरर२००९, २०१०, २०११, २०१२, २०१५, २०१९
च्याम्पियन्स लिग बेस्ट स्ट्राइकर२०१९
ला लिगा प्लेयर अफ द इयर२००९, २०१०, २०११, २०१२, २०१३, २०१५
उत्कृष्ट खेलाडी (क्लब वर्ल्डकप)२००९, २०११
गोल्डेन बुट (क्लब वर्ल्डकप)२०११
फिफा द बेस्ट२०१९
जम्मा४०
Facebook Comments Box