सन्न्यासपछि फिल्म खेल्न चाहन्छन् रोनाल्डो

इटालिनयन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अहिले फुटबल करिअरको उत्तरार्धमा छन् । ३४ वर्षीय सुपरस्टार रोनाल्डोले फुटबलबाट सन्न्यास लिएपछि फिल्म खेल्न चाहेको बताएका छन् ।

ग्लोब सरक अवार्डमा सहभागी हुन दुबई पुगेका रोनाल्डोले सन्न्यासपछि फिल्म खेल्ने आफ्नो योजना रहेको बताएका हुन् । साथै रोनाल्डोले सन्न्यासपछि फिल्मसँगसँगै अध्ययनलाई पनि समय दिने बताएका छन् ।

‘म सँधैं चुनौती सामाना गर्न तयार छु र त्यसमा रमाउँछु पनि । त्यसैले मैले सन्न्यासपछि फिल्म खेल्न चाहेको हुँ । मलाई थाहा छ यो मेरा लागि चुनौतीपूर्ण छ,’ रोनाल्डोले भने । फुबटलको व्यस्तताले गर्दा अध्ययन पुरा गर्न नपाउँदा आफू दुःखी भएको पनि रोनाल्डोले बताए ।

ग्लोब सकर अवार्डको टिभी कार्यक्रममा अन्तर्वार्ता दिँदै रोनाल्डोले तत्काल आफूले सन्न्यासका बारेमा नसेको पनि बताउँदै शरीरले साथ दिन छाडेपछि मात्र सन्न्यासका बारेमा सोच्ने बताए । उनले देश र क्लबलाई कसरी जिताउन सकिन्छ भन्नेमा नै आफू केन्द्रित भएको बताए ।

‘जब मेरो शरीर थाक्छ, त्यसवेला म आफ्नो बुट बिसाउनेछु,’ सन्न्यासको समयबारे उनी भन्छन्, ‘पहिला–पहिला खेलाडीले ३० वा ३२ वर्षको उमेरमै सन्न्यास लिने गर्थे । अहिले हेर्नुस्, ४० वर्षको उमेरमा पनि मजाले खेलिरहेका छन् ।’

सन् २०१९ को ग्लोब सरक अवार्ड रोनाल्डाले जितेका छन् । यो रोनाल्डोको छैठौं सकर अवार्ड हो । रोनाल्डोले यसअघि २०११, २०१४, २०१६, २०१७ र २०१८ मा ग्लोब सरक अवार्ड जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP