रोनाल्डोजस्तै बन्न चान्छन् जेसुस

स्पेनिस क्लब रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६मा म्यान्चेस्टर सिटीलाई जित दिलान निर्णायक भूमिका खेलका ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जेसुसले लिजेन्ड स्ट्राइकर रोनाल्डो नोजारियो जस्तै बन्न चाहेको बताएका छन् ।

घरेलु मैदान एत्तिहादमा रियललाई २–१ले पराजित गरेलगत्तै सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै २३ वर्षीय स्ट्राइकर जेसुसले आफ्नो लक्ष्य लिजेन्ड रोनाल्डोजस्तै बन्नु रहेको बताएका हुन् ।

जेसुसले च्यापियन्स लिगअन्तर्गत अन्तिम १६को रियलविरुद्ध दुवै लेगमा गोल गरेका थिए । जेसुसको उतत्कृष्ट प्रर्दशन मद्दतमा सिटीले रियललाई समग्रमा ४–२ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको छ ।

‘रोनाल्डोजस्तै स्ट्राइकर बन्न कडा मेहनत गरिरहेको छु, मलाई थाहा छ उनी र मेरो क्षमता फरक छ,’ जेसुसले भनेका छन्, ‘महान स्ट्राइक बन्न काम गरिरहेको छु जस्तो लाग्छ, त्यसका लागि अझै कडा मेहनत गर्छु ।’

रियलविरुद्धको खेलका बारेमा कुरा गर्दै जेसुसले कडा मेहनतकै करण बलियो रियललाई हराउन सफल भएको बताएका छन् । उनले च्याम्यिन्स लिग उपाधि जित्ने सपना साकार बनाउन आगामी खेलमा यही किसिमको प्रदर्शन गर्नुपर्ने धारणा राखे ।

जेसुले यो सिजन जेसुसले ५२ खेल खेल्दै २३ गोल गरेका छन् । करिअरमा जेसुसले १३४ खेल खेल्दै ९६ गोल गरेका छन् ।

सिटीले क्वार्टरफाइनलमा फ्रेन्च क्लब लियोनको सामना गर्ने गर्ने छ । यी दुईबीचको खेल अगस्त १६मा पोर्चुगलको लिस्बनमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP