इब्राइमोभिचको कीर्तिमानमा एसी मिलान विजयी

स्वीडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले कीतिमान बनाएको खेलमा एसी मिलान विजयी भएको छ । बुधबार राति भएको खेलमा एसी मिलानले साम्पडोरियालाई ४–१ले पराजित गरेको हो ।

साम्पडोरियविरुद्ध २ गोल गरेका इब्राहिमोभिचले मिलानका दुवै क्लब एसी र इन्टरबाट सिरि एमा ५० गोल गर्ने कीर्तिमान बनाएका हुन् । इब्राहिमोचिले इन्टरबाट सन् २००६ देखि २००९सम्म खेल्दै ५७ गोल गरेका थिए ।

यस्तै, एसी मिलानबाट दुई पटक खेल्दै ५० गोल पुरा गरेका हुन् । उनले पहिलो पटक सन् २०१० देखि २०१२ सम्म दुई सिजन एसी मिलानमा बिताएका थिए । सो बेला उनले ४२ गोल गरेका थिए । उनी गत जनवरीमा पुनः एसी मिलानमा आबद्ध भएका थिए । त्यसयता उनले मिलानबाट ९ गोल गरेका छन् ।

बुधबार राति मिलानको जितमा ज्लाटनको दुई गोलसँगै हकन काल्होग्लु र राफेल लियोले एक एक गोल गरे । घरेलु टोली साम्पडोरियाका क्रिस्टोफर अस्किल्डसेनले एक गोल फर्काएका थिए ।

जितसँगै मिलानले ६३ अंक सहित छैटौ स्थानमा रहँदै युरोपा लिग पक्का गरेको छ । साम्पडोरिया ४१ अंक सहित १५ औं स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *