लिजेन्ड गोलकिपर कासिलासले लिए सन्न्यास

लिजेन्ड गोलकिपर इकर कासिलासले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । स्पेन तथा रियल मड्रिडका लिजेन्ड कासिलासले मंगलबार २२ वर्ष लामो खेल जीवन अन्त्य गर्ने घोषणा गरेका हुन् ।

कासिलाले मंगलबार ट्विटरमार्फत सन्न्यासको घोषणा गरेका हुन् । कासिलासले खेलेका छन्, ‘सबैभन्दा महत्वपूर्णले यात्रा गर्ने बाटो र तपाईंका साथ रहने मानिस हुन् । मलाई लाग्छ, म कुनै हिचकिचाहटविना भन्न सक्छ, यही सही बाटो र सपनाको लक्ष्य हो । मेरो यात्राका सहयात्री तथा सबै सहकर्मीमा धेरै धेरै धन्यवाद !’

रियल मड्रिडबाट व्यवसायिक फुटबलको सुरुवात गरेका कासिलासले करिअर अन्त्य पोर्चुगिज क्लब एफसी पोर्टोबाट गरे । उनी सन् २०१५ मा रियल छाड्दै पोर्टोमा आबद्ध भएका थिए । सन् २०१९को मेमा हृदयघात भएपछि उनले पोर्टो छाडेका थिए । तर पछि उनी फेरि पोर्टो फर्किए पनि कुनै खेल खेलेनन् ।

कासिलास स्पेनिस फुटबल संघको अध्यक्ष बन्ने सोचमा थिए । उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा पनि गरेका थिए, तर हृदयघातपछि डाक्टारको सल्लाहमा उनले अध्यक्षा उम्मेदवारी नदिने भएका छन् ।

कासिलासले रियलमा सन् १९९९ देखि २०१५ सम्म १६ वर्ष खेलेका थिए । कासिलासले रियलबाट ७२५ खेल खेलेका छन् । रियलका कप्तान समेत रहेका कासिलेले १९ उपाधि जितेका छन्, जसमा ५ लालिगा, ३ च्याम्पियन्स लिग, २ युइएफए सुपरकप सामेल छ ।

सन् २००० मा स्पेनिस राष्ट्रिय टिममा डेब्यू गरेका कासिलासले सन् २०१६मा स्पेनिस टिम छाडेका थिए । कासिलासकै कप्तानीमा स्पेनले सन् २०१०को विश्वकप र सन् २००८ र २०१२ युरोपक उपाधि जितेको थियो । उनले राष्ट्रिय टिमबाट १६७ खेल खेलका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP