नेपालमा मैत्रीपूर्ण खेल खेल्न प्यालेस्टाइन, भारत र बंगलादेशकाे प्रस्ताव

प्यालेस्टाइन, भारत र बंगलादेश नेपाल आएर फुटबल खेल्न तयार भएका छन् । प्यालेस्टाइन, भारत र बंगलादेशले नेपालमै आएर मैत्रीपूर्ण खेल खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष प्रस्ताव गरेको गरेका छन्।

प्यालेस्टाइन, भारत र बंगलादेशले नेपाल आएर मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गर्दा कीर्गिस्तानले मैत्रीपूर्ण खेलका लागि नेपाललाई आमन्त्रण गरेको एन्फाले जनाएको छ।

नेपाली राष्ट्रिष्य टिम अहिले साफ च्याम्पियनसिप र एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको तर, फाइनल भइनसकेको बताए । आन्तरिक तयारी गरे निर्णय लिने बताए।

मैत्रीपूर्ण खेलका लागि कीर्गिस्तान जानु पर्ने भए अन्य खेलका लागि समय अभाव हुने बताए । त्यसैले घरेलु मैदानम मैत्रीपूर्ण खेलका लागि तयारी भइरहेको उनले बताए ।

फिफा डे अगस्त २० देखि सेप्टेम्बर १ सम्म मात्र रहेकाले कीर्गिस्तान र नेपालमै खेल खेल्न सम्भव नभएको उनले बताए । उनले नेपालको प्राथमिकता भारतसँग मैत्रीपूर्ण खेल खेल्नु रहेको उल्लेख गरे।

Facebook Comments Box