सिरि एमा युभेन्टस र इन्टर विजयी

इटालियन सिरि एमा युभेन्टस र इन्टर मिलान विजयी भएका छन् । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोमाथि १–०को जित निकाल्दा इन्टरले ससुओलोमाथि २–१को जित निकाल्यो ।

टोरिनोका मैदानमा युभेन्टसलाई जित दिलाउन मानुअल लोकाटेलीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लोकाटेलीले ८६औं मिनेटमा फेडेरिको चिएसाको पासमा गोल गर्दै युभेन्टसलाई जित दिलाए ।

यसैगरी अर्को खेलमा डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले ससुओलामाथि उसकै मैदानमा २–१को पुनरागमन जित निकाल्यो ।

२२औं मिनेटमा ससुओलोले अग्रता लियो । इन्टरका स्किनिअरले ससुओलोका खेलाडीमाथि फाउल गरेपछि प्राप्त पेनाल्टीमा डोमेनिको बेरार्डीले गोल गरेका थिए।

५८औं मिनेटमा इडेन डेज्कोले गोल गर्र्दै इन्टरलाई खेलमा फर्काए । उनले इभान पेरेसिचको पासमा गोल गरेका थिए। ७८औं मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २–१को अग्रता दिलाए । ससुओलोका आन्द्रेय कोन्सिग्लीले इडेन डेज्कोमाथि फाउल गरेपछि इन्टरले पेनाल्टी पाएको थियो।

जितपछि ७ खेलमा १७ अंक जोड्दै इन्टार दोस्रो स्थानमा उक्लिएको छ। ६ खेलमा १८ अंक जोडेको नापोली दोसो स्थानमा छ। यस्तै, युभेन्टस ११ अंकसहित आठौं स्थानमा छ भने ८ अंक जोडेको टोरिनो १०औं र ससुओलो ७ अंकसहित १२औं स्थानमा छ।

Facebook Comments Box