सिरिएमा मिलानका दुवै क्लब विजयी

इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । सिरि एअन्तर्गत आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३–० ले हरायो भने एसी मिलानले एएस रोमालाई २–१ले हरायो। जितसँगै शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले उपाधि होडमा आफूलाई अगाडि राखेका छन् ।

इन्टरको जितमा रोमेलु लुकाक, माटेओ डर्मिन र एलेक्सिस सान्चेजले गोल गरेका थिए । इन्टरले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो । खेलको पहिलो मिनेटमै लुकाकुले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए ।

पहिलो हाफ १–०मै सकियो । माटेओ डार्मिनले ६९औं मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । त्यसपछि ७९औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि इन्टरले ३–०को सहज जित निकाल्यो।

यस्तै अर्को खेलमा एसी मिलानले रोमालाई २–१ ले हरायो । रोमाको मैदानमा भएको खेलको ४३औं मिनेटमा फ्रान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई पहिले अग्रता दिलाएका थिए । ५०औं मिनेटमा जोर्डन भेरेटाउटले रोमाको लागि बराबरी गोल फर्काए । तर, ५८औं मिनेटमा एन्टे रेबिचले गोल गर्दै एसी मिलानलाई जित दिलाए ।

जितपछि इन्टरको २६ खेलबाट ५६ अंक छ । समान खेलबाट ५२ अंक जोड्दै एसी मिलानले अंक दूरी ४ मा झारेको छ । रोमा २४ खेलबाट ४४ अंकसहित पाँचौ स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.