इन्टार मिलानसँग हार्‍यो एट्लान्टा, नापोलीले लाजियोलाई हरायो

इटालियन सिरि एअन्तर्गत शनिबार राति अन्तिम चरणका १० खेलमा सम्पन्न भए । जसमा इन्टार मिलानले उसकै मैदानमा एट्लान्टालाई २–०ले पराजित गर्दा नापोलीले लाजियोलाई ३–१ले हरायो ।

इन्टर मिलानले एटलान्टालाई पराजित गर्दै लिग दोस्रो स्थानमा सकायो । उसले एटलान्टालाई ४ अंकले पछि पा¥यो । शीर्षस्थानको युभेन्ट्ससँग १ अंक दुरी राख्दै सिजनको अन्त्य ग¥यो । इन्टरको ३८ खेलबाट ८२ अंक भयो भने एट्लान्टा ७८ अंकमा सीमित बन्यो । शीर्षस्थानको युभेन्टस पनि ८३ अंकमा रोकियो ।

शनिबार राति भएको खेलमा इन्टरको जितमा ड्यानिलो डि एम्ब्रुसो र एस्ले योङले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पहिलो मिनेटमा नै एम्ब्रुसोको गोलबाट इन्टरले खेलमा अग्रता बनाएको थियो । २०औं मिनेटमा रोवर्टाे गाग्लियरडिनीको पासमा एस्ले योङले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । दोस्रो हाफमा कुनै गोल नहुँदा इन्टर विजयी भायो ।

इन्टरसँगको हारसँगै एटलान्टाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । एटलान्टा पछिल्लो १९ खेलमा अपराजित रहेको थियो । २१ जनवरीमा एस्पालसँग २–१ ले पराजित भएयता एट्लान्टा अपराजित थियो ।

यसैगरी शनिबार रातिनै भएको खेलमा नापोलीले लाजियोविरुद्ध ३–१को सहज जित निकाल्यो । नापोलीका लागि नवौं मिनेटमा फाबियनले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै २२औं मिनेटमा सिरो इम्मोबाइलले लाजियोको लागि बराबरी गोल फर्काए । लरेन्जो इनसिग्नेले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई २–१ को अग्रता दिलाए । अन्तिम समयमा माटेओ पोलिटानोले गोल गरेपछि नापोलीले ३–१ को जित हात पारेको हो ।

यसैगरी एसी मिलानले काग्लियारीलाई ३–० ले पराजित गरेको छ । एसी मिलानको लागि राग्नर क्लाभान, ज्लाटानो इब्राहिमोभिचल र सामुएल कास्टिलेजोले गोल गरे ।

Foto Cafaro/LaPresse 1 Agosto 2020 Napoli, Italia sport calcio Napoli vs Lazio – Campionato di calcio Serie A TIM 2019/2020 – stadio San Paolo. Nella foto: Mario Rui (SSC Napoli) discute con Carlos Joaquin CORREA (S.S. Lazio). Photo Cafaro/LaPresse August 1, 2020 Naples, Italy sport soccer Napoli vs Lazio – Italian Football Championship League A TIM 2019/2020 – San Paolo stadium. In the pic: Mario Rui (SSC Napoli) discusses with Hirving Lozano (SSC Napoli).

सिरी ए बाट युभेन्टस, इन्टर, एटलान्टा र लाजियो शीर्ष चारमा रहँदै अर्काे सिजनको च्याम्पियन्स लिगको लागि छनोट भएका छन् । यस्तै पाँचौ स्थानको रोमा युरोपा लिगमा छनोट भएको छ भने छैटौं स्थानको एसी मिलानले युरोपा लिगको प्लेअफ खेल्ने अवसर पाउनेछ । लिगमा सातौँ भएको नापोली घरेलु प्रतियोगिता कोपा इटालिया जितेकोले युरोपा लिगमा सीधै छनोट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP