रियलका हाकिमी इन्टर लागे

रियल मड्रिड युवा डिफेन्डर अच्रफ हाकिमी इटालियन क्लब इन्टर मिलानमा आबद्ध भएका छन् । दुई सिजनदेखि लोनमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट खेलिरहेका २१ वर्षीय हाकिमी इटालियन क्लब लागेका हुन् ।

अहिले विश्वकै उत्कृष्ट राइट ब्याकका रुपमा चिनिएका हाकिमीलाई भित्र्याउन इन्टर मिलानले ४० मिलियन युरोप खर्चिएको छ । हाकिमीले इन्टरसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी इन्टरमा सन् २०२५ सम्म रहने छन् ।

९ वर्षकै उमेरमा रियल मड्रिडमा आबद्ध भएका हाकिमीले रियलको सिरिनय टिममा पर्याप्त अवसर नपाएपछि लोनमा डर्टमन्ड लागेका थिए । यो सिजन हाकिमी निकै उत्कृष्ट फर्ममा थिए । उनले यो सिजन ९ गोल गर्नुका साथै ११ असिस्ट गरेका छन् । उनी स्पिड, क्रस र ड्रिब्लिङमा उत्कृष्ट मानिन्छन् ।

रियलले आर्थिक संकटका कारण हाकिमीलाई बेच्नु परेको जनाएको छ । ‘उनी निकै उत्कृष्ट खेलाडी हुन्, त्यो मैदानमा पनि देखाइरहेका छन् । तर, आर्थिक अभावका कारण हामीले उनलाई क्लबमा राख्न सकेनौं’, रियलले भनेको छ ।

मोरक्को राष्ट्रिय खेलाडी हाकिमीले रियलबाट ९ खेल खेल्दै २ गोल गरेका छन् । उनले राष्ट्रिय टिमबाट २८ खेलमा २ गोल गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.