युरोपा लिग : लेभरकुसनलाई हराउँदै इन्टर मिलान सेमिफाइलनमा

जर्मन क्लब बायर लेभरकुसनलाई पाराजित गर्दै इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइलनमा प्रवेश गरेको छ । जर्मनीको डुसेलडोर्फको स्प्रिट एरिनामा सोमबार राति भएको खेलमा इटन्ला मिलानले लेभरकुसनमाथि २–१को जित निकाल्यो ।

इन्टरको जितमा निकोला बरेला र रोमेलु लुकाकुले गोल गरे भने लेभरकुसनका काइ हाभेट्र्जले गोल गरेका थिए । खेलको तीनै गोल २४ मिनेट भित्र सम्भव भएको थियो ।

१५औं मिनेटमा बरेलाको गोलमा इन्टरले सुरुवाती अग्रता लियो । २१ मिनेटमा इन्टरले अग्रता दोब्बर बनायो । उसका लुकाकुले गोल गरेका थिए । २४औं मिनेटमा गोल फर्काउँदै लेभरकुसनले खेलमा फर्कने प्रयास ग¥यो । उसका युवा स्ट्राइकर हाभेट्र्जले गोल गरेका थिए । त्यसपछि कुनै गोल नहुँदा इन्टर विजयी भयो ।

इन्टरको अग्रता दोब्बर बनाउँदै लुकाकु युरोपा लिगका लागतार ९ खेलमा गोल गर्न सफल रहे । योसँगै लुकाकु युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्ने पाँचौ खेलाडी बने ।

सन् २०११ मा कोपा इटालिया जितेको एन्टर उपाधिको खोजीमा रहेको छ । यस बीचमा इन्टरमा ८ जना प्रशिक्षक परिवर्तन भएपनि उपाधि जित्न सकेका छैनन् ।

इन्टरले सेमिफाइलनमा सख्तर नोडेस्क र बासेलबीचको विजेतासँग खेल्ने छ । युरोपा लिगको सेमिफाइलन अगस्त १७ र १८ ताखिरमा हुने छ । इन्टरले सख्तर नोडेस्क र बासेलबीचको विजेतासँग १८ अगस्तमा खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP