इन्टरले साम्पडोरियालाई हरायो

कोरोना भाइरसको महामारीपछि सुरु भएको सिरि एको पहिलो खेलमा इन्टर मिलान विजयी भयो । आइतबार राति घरेलु मैदानमा भएको खेलमा इन्टरले साम्पडोरियालाई २–१ले हरायो ।

इन्टरको जितमा स्ट्राइकरद्वय रोमेलु लुकाकु र लाउटारो मार्टिनेजले गोल गरे भने साम्पडोरियाका मोर्टेन थोरस्बीले गोल गरे । खेलको १०औं मिनेटमै १०औं मिनेटमा इन्टरले लुकाकुको गोलमा अग्रता लियो । यो लुकाकुको सिजनको १८औं गोल हो ।

मार्टिनेजले ३३औं मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–०ले पछि परेको साम्पडोरियाले ५२ औं मिनेटमा थोरस्बीको गोलमा खेलमा फर्किने प्रयास गर्‍यो । तर, त्यसपछि कुनै गोल नहुँदा इन्टर विजयी भयो ।

जितपछि इन्टर मिलान ५७ अंकका साथ तेस्रो स्थानमा उक्लियो । उ शीर्ष स्थानको युभेन्ट्सभन्दा ६ र दोस्रो स्थानको लाजियोभन्दा ५ अंकले पछि छ । हारसँगै साम्पडोरिया रेलिगनेशन जोनबाट उम्किन सकेन । उ २६ अंकका साथ १६औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.