युभेन्टसलाई हराउँदै इन्टरलाई इटालियन सुपर कप

Read Time:1 मिनेट

इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा एलेक्स सान्चेजले अतिरिक्त समयमको पनि अन्तिम समयमा गोल गरेपछि युभेन्टसमाथि २–१को जित निकाल्दै इन्टरले उपाधि जितेको हो।

सन् २०१० पछि पहिलो पटक सुपर कप जित्ने क्रममा इन्टरले खेलमा पुनरागमन गरेको थियो । २५औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई पहिले अग्रता दिलाए। तर, ३५औं मिनेटमा इन्टरका लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि निर्धारित समयमा थप गोल भएन । अतिरिक्त समयमा पनि गोल नहुँदा खेल पेनाल्टीसुटआउटतर्फ जाने देखिएको थियो । तर सान्चेजेल १२१औं मिनेटमा खेलको अन्तिम किकबाट गोल गर्दै इन्टरलाई उपाधि दिलाए ।

इन्टरले छैटौं पटक सुपर कपको उपाधि जितेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एल क्लासिकोमा रियलको रोमाञ्चक जित
Next post नेपाली खेलाडी प्रिन्स दाहालले रचे इतिहास, ब्याडमिन्टनको जुनियर वरियतामा शीर्षस्थानमा
Close