इन्टर मिलानका एस्ली योङलाई कोरोना संक्रमण

इटालियन क्लब इन्टर मिलानका डिफेन्डर एस्ली योङलाई कोरोना संक्रमण पुष्टी भएको छ । इन्टरले शनिबार गरिएको परिक्षणमा योङलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।

योङ कोरोना देखिनु अघिबाटै घरमा सेल्फ आईसोलेसनमा रहेको समेत इन्टरले जनाएको छ । ३५ वर्षीय योङ कोरोना देखिने इन्टरका चौंथो खेलाडी हुन् ।

यसअघि मिडफिल्डर रोबर्टो गाग्लियालिनी, राड्जा नाइन्गोलान र गोलकिपर आन्द्रेइ राडुलाई कोरोना देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP