लुकाकुको गोलमा बेल्जियमले क्रोएसियालाई हरायो, नेरल्यान्ड्सको सहज जित

युरो कपअघिको मैत्रीपूर्ण खेलमा बेल्जियम र नेदरल्यान्ड्स विजयी भएका छन् । आइतार राति भएको खेलमा रोमेलु लुकाकुको निर्णायक गोल मद्दतमा बेल्जियमले क्रोएसियालाई १–० ले पराजित गर्दा नेदरल्यान्ड्सले जर्जियामाथि ३–०कोे सहज जित निकाल्यो।

घरेलु मैदान ब्रसेल्समा भएको खेलमा लुकाकुले खेलको ३८औं मिनेटमा गोल गरेथिए । यो लुकाकुको लुकाकुको ६०औं अन्तर्राष्ट्रिय गोल हो। खेलमा ५१ प्रशित बल पोजेसन बनाउँदै क्रोएसियालाई बेल्जियमलाई दबाबमा राखेको थियो, तर गोल भने गर्न सकेन।

यसैगरी अर्को मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा नेदरल्यान्ड्सले जर्जियालाई ३–०ले हराएको छ । नेदरल्यानड्सको जितमा मेम्फिस डिसे, वाउट वेहोस्र्ट र रायन ग्रार्वनवेर्चले गोल गरेका थिए।

ु११०ौं मिनेट डिपेले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो । त्यसपति ५५औं मिनेटमा वेहोस्र्ट र ७६औं मिनेटमा ग्रार्वनवेर्चल गोल गरेपछि नेदरल्यान्ड ३–०ले विजयी भयो।

यस्तै अन्य मैत्रीपूर्ण खेलमा डेनमार्कले बोस्निया र हर्जगोभिनालाई २–० ले हराउँदा ग्रीसले नर्वेमाथि लाई २–१ को जित निकाल्यो ।

Facebook Comments Box