कोपा अमेरिकामा ब्राजिलको सानदार सुरुवात

कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले सानदार सुरुआत गरेको छ। आइतबार राति भएको भएको उद्घाटन खेलमा नेमार चम्किएपछि आयोजक ब्राजिलले भेनेजुएलामाथि ३–०को सहज जित निकाल्यो।

ब्राजिलको जितमा नेमारले एक गोल र एक असिस्ट गरेका थिए । अन्य गोल मार्किन्होस,र गाब्रिएल बारकोसाले गोल गरे। ब्राजिलले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

सुरुवातदेखि नै भेनेजुएलामाथि हावी भएको ब्राजिलले २३औं मिनेटमा मार्किन्होसको गोलमा अग्रता लियो। ६४औं मिनेटमा नेमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए।

डानिलोलाई भेनेजुएलाका खेलाडीले डिबक्समा लगाएपछि ब्राजिलल पेनाल्टी पाएको थियो । ८९औं मिनेटमा नेमारकै पासम बारबोसाले गोल गरेपछि ब्राजिलले ३–०को जितसहित प्रतियोगितामा सादार सुरुआत गरेको हो।

दाेस्राे खेल ब्राजिलले १८ जुनमा पेरुसँग खेल्ने छ।

ब्राजिल भर्सेस भेनेजुएलाको हाइलाइट्स हेर्नुहोस्ः
Facebook Comments Box