कोपा अमेरिकाको उद्घाटन खेलमा भेनेजुएलाको सामाना गर्दै ब्राजिल

कोपा अमेरिकाका फुटबल प्रतियोगिता आजबाट ब्राजिलमा सुरु हुँदै छ। आज राति २ः४५ हुने उद्घाटन खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन ब्राजिलले भेनेजुएलाको सामाना गर्दै छ।

उद्घाटन खेलमा जित निकाल्दै ब्राजिल उपाधि रक्षाको अभियान थाल्ने योजनामा छ। पछिल्लो समय उत्कृष्ट फर्म रहेकाले पनि ब्राजिललाई भेनेजुएलाविरुद्ध जित निकाल्न त्यति कठीन हुने छैन ।

यता, उद्घाटन खेलडको ठीकअघि ८ खेलाडीसहित १२ जनामा कोरोना संक्रमण देखिएपछि भेनेजुएलाको टिम भने दबाबमा देखिएको छ। शुक्रबार मात्र ब्राजिल आइपुगेको भेनेजुएलाको टिमका १२ जनामा शनिबार मात्र कोरोना संक्रमण पुष्टी भएको थियो।

यस्तै आजै राति ५ः४५ बजे हुने खेलेमा कोलम्बियाले इक्वेडरको सामाना गर्ने छ।

ब्राजिलले अन्तिम समयमा मात्र प्रतियोगिता आयोजनाको अवसर पाएको हो। अर्जेन्टिनामा कोरोन संक्रमण बढेपछि र कोलम्बियामा सरकारविरुद्ध प्रदर्शनक कारण प्रतियोगिता हुन नसेकपछि ब्राजिलले अन्तिम समयमा आयोजनाको अवसर पाएको हो।

ब्राजिलमा प्रतियोगिता अयोजनाको ब्राजिलियन खेलाडीहरुले नै विरोध गरेका थिए । उनीहरुले यो सयम प्रतियोगिता आयोजना गर्ने नभई जनताको स्वास्थ्यमा ध्यानदिनु पर्ने समय भएको भन्दै उनीहरुले विरेध गरेका थिए । तर, सर्वोच्च अदालतले पनि आयोजनाको अनुमति दिएपछि प्रतियोगित ब्राजिलमै हुने निश्चित भएको थियो।

प्रतियोगिता ब्राजिलका ४ सहरका ५ रंगशलामा १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुँदै छ।

Facebook Comments Box