कोपा अमेरिकामा कोलम्बियाले इक्वेडरलाई हरायो

कोपा अमेरिकाको ४७औं संस्करणमो कोलम्बियाले विजयी सुरुआत गरेको छ। सोमबार बिहान भएको खेलमा कोलम्बियाले इक्वेडरलाई १–० ले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।

ब्राजिलको एरेना पान्तानाल स्टेडियममा भएको खेलमा कोलम्बियाका लागि एडविन कार्डोनाले निर्णायक गोल गरे। उनले खेलको ४२औं मिनेटमा मिगुएल बोयाको पासमा गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल नहुँदा कोलम्बिया विजयी भयो।

खेलमा पकड भने इक्वेडरले बनाएको थियो । उसले ५९प्रतिशत बल पोजेसन बनाउँदै कोलम्बियाको पोस्टमा ८ सट प्रहार गरेको थियो, जसमध्ये २ सट फ्रेममा थियो । यता, कोलम्बियाले ५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

प्रतियोगिता अन्तर्गत आज अर्जेन्टिनाले चिलीको साना गर्ने छ भने बोलिभियाले पाराग्वेको सााना गर्ने छ। अर्जेन्टिना र चिलीबीचको खेल राति २ः४५मा हुने छ भने पाराग्वे र बोलिभियाबीचको खेल बिहान ५ः४५मा सुरु हुने छ।

Facebook Comments Box