म्याच प्रिभ्यू : फर्ममा रहेको इंग्ल्यान्डलाई भावनात्मक डेनमार्कको चुनाैति

जारी युरोपकको अन्तिम सेमिफानल आज राति हुँदैछ। आज राति १२ः४५ बजे इंग्ल्यान्डको वेम्बलीमा हुने खेलमा घरेलु टिम इंग्ल्यान्डले डेनमार्कको सामना गर्दै छ।

प्रतियोगितामा कुनै पनि गोल नखाई फाइनल पुगेको इंग्ल्यान्डलाई भावनात्मक फुटबल खेलिरहेको डेनमार्कले गतिलो चुनौति दिने छ। इंग्ल्यान्डको दाउ डेनमार्कलाई हराउँदै पहिलो पटक फाइनल पुग्ने हुनेछ भने डेमानर्क सन् १९९२ को सफलता दोहोर्याउन चाहन्छ।

इंग्ल्यान्ड विश्व फुटबलको शक्ति राष्ट्र हो, तर उसले ठूला प्रतियोगितामा त्यो अनुसारको प्रदर्शन गर्न सकेको छैन । सन् १९६६ मा विश्वकप फुटबल जित्नु नै उसको विश्व फुटबलमा एकमात्र सफलता हो, त्यसअघि र पछि उसले कुनै पनि प्रतियोगिताको फाइनल खेल्न सेकेको छैन।

इंग्ल्यान्डले ठूला प्रतियोगिताको फाइनल नखेलेको ५५ वर्ष भइसकेको छ। प्रतिभावान युवा खेलाडीहरुले भरिएको गेराथ राउथगेटको टिम इंग्ल्यान्ड डेनमार्कलाई हराउँदै आफ्नो पुरानो छविलाई मेटाउन चाहन्छ।

समूह डीबाट सेमिफाइलनलसम्मको इंग्ल्यान्डको यात्रा केही सहज रह्यो। समूहमा २ जित र १ बराबरी खेल्दै ७ अंकसहित ऊ शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो। अन्तिम १६ मा जर्मनीको चुनौती २–० ले पन्छाएको इंग्ल्यान्डले क्वार्टरफाइनलमा युक्रेनमाथि ४–० को जित निकाल्यो। सेमिफाइनलसम्मको यत्रामा उसले ८ गोल गर्दा कुनै पनि गोल खाएको छैन।

समूह चरणका सुरुआती दुई खेलमा पराजित भएपछि डेनमार्क वास्तवमै बाहिरिने स्थितिमा थियो । त्यसमध्ये फिनल्यान्डसँगको खेल लामो समय रोकिएर फेरि सुरु भएको थियो । अन्तिम खेलमा डेनमार्कले आफ्नो शैलीलाई ४–२–३–१ बाट ३–४–३ मा ढालेको थियो र यसत्रैक्रममा रुसलाई पराजित गरेको थियो । त्यसपछि उसले इंग्ल्यान्डविरुद्धको सेमिफाइनल भिडन्त जुराउन नकआउट चरणमा सबैभन्दा पहिला वेल्स र त्यसपछि चेक गणतन्त्रलाई हराएको थियो।

सुरुआती २ खेलमा १ गोल मात्र गर्न सकेको डेनमार्कले पछिल्ला तीन खेलमा १३ गोल गर्दा ४ गोल खाएको छ।

खेलमा इंग्ल्यानडको भर कप्तान ह्यारी केन, रहिम स्टर्लिङ, ज्याक ग्रेलिस र जोन्स स्टोन्ससमा हुने छ भने डेनमार्कलेले टिम गेम खेल्नेछ। त्यसैले बलियो इंग्ल्यान्डले जित्छ कि भावनात्मक फुटबल खेलिरहेको डेनमार्कले जित्छ ठ्याक्कै भन्न गाह्रो छ।

Facebook Comments Box