आज क्वार्टरफाइनलका दुई खेल हुँदै

जारी युरोकपमा आज क्वार्टरफाइनलका दुई खेल हुँदैछ। आज राति हुने दुई खेलमा इंग्ल्यान्डले युक्रेनको सामाना गर्ने छ भने अर्को खेलमा दुई अन्डर डग टिम चेक रिपब्लिक र डेनमार्क भिड्ने छन्।

शनिबार राति हुने तेस्रो क्वार्टरफाइनलमा चेक रिपब्लिक र डेनमार्क भिड्ने छन् । अविश्वसनीय रुपमा क्वार्टरफाइनलमा स्थान बनाएका दुई सेमिफाइनल प्रवशेशका लागि अजरबैजानको बाकुमा राति ९ः४५बजे भिड्ने छन्।

समूह बीको उपविजेताका रुपमा अन्तिम १६मा स्थान बनाएको डेनमार्कले अन्तिम १६मा वेल्सको चुनौति ४–१ले पन्छाएको थियो। यता, समूह डीमा तेस्रो हुँदै प्रिक्वार्टरफाइलनमा स्थान बनाएको चेकले अन्तिम १६मा नेदरल्यान्ड्सलाई २–०ले स्तब्ध बनाएको थियो।

यस्तै राति १२ः४५ बजे हुने अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डले पहिला पटक क्वार्टरफाइनल पुगेको युक्रेनको सामाना गर्नेछ । यो खेल इटालीको रोममा हुने छ।

समूह डीको विजेताका रुपमा अन्तिम १६मा पुगेको उसले अन्तिम १६मा जर्मनीलाई २–०ले हराएको थियो । इंग्ल्यान्ड जारी प्रतियोगितामा गोल नखाने एकमात्र टिम हो । उसले विपक्षीको पोस्टमा ४ गोल गरेको छ।

यता युक्रेन समूम सीमा तेस्रो हुँदै अन्तिम १६मा पुगेको थियो । अन्तिम १६मा उसले स्वीडेनलाई एक्स्ट्रा टाइमको पनि अन्तिम समयमा २–१ले हराएको थियो ।

यी दुई खेलका विजेता सेमिफाइनलमा भिड्ने छन्।

Facebook Comments Box