आजबाट क्वार्टरफाइनल सुरु हुँदै, पहिलो दिन २ खेल

युरोपका विभिन्न ११ सहरमा जारी १६ औं संस्करणको युरोकपमा आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदैछ । क्वार्टरफाइनलको पहिलो दिन २ खेल हुँदै छ।

राति ९ः४५ बजे हुने पहिलो खेलमा तीन पटकको च्याम्पियन स्पेनले ‘अन्डर डग’को छवि बनाएको स्वीट्जरल्यानडको सामाना गर्दै छ। यो खेल रुसको सेन्ट पिरर्सबर्गमा हुने छ।

स्पेन एक्स्ट्रा टाइममा क्रोएसियामाथि ५–३को जित निकाल्दै अन्तिम आठमा आइपुगेको हो भने पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्वीट्जरल्यान्डले अविश्वसीयन रुपमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै विश्व विजेता फ्रान्सलाई टाइब्रेकरमा ५–४ले हराएको थियो।

यसैगरी क्वार्टरफाइनलको दोस्रो खेलमा दुई दाबेदार टिम इटाली र बेल्जियम भिड्ने छन्। राति १२ः४५ बजे सुरु हुने खेल जर्मनीको म्युनिखमा हुने छ।

समूह चरणमा कुनै पनि गोल नखाई शतप्रतिशत जितसहित अन्तिम १६मा पुगेको इटालीले अन्तिम १६मा भने अस्ट्रियाविरुद्ध जित निकाल्न भने निकै मेहनत गर्नुपरेको थियो । उसले अस्ट्रियालाई एक्स्ट्रा टाइममा २–१ले हराएको थियो । यता, बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई हरान पनि निकै मेहनत गर्नुपरेको थियो । पोर्चुगलविरुद्ध दबाबमा खेलेर पनि उसले १–०को जित निकालेको थियो।

Facebook Comments Box