हंगेरीसँग फ्रान्सले खेल्यो बराबरी

१६औं संस्करणको युरोकपमा फ्रान्स बराबरीमा रोकिएको छ । शनिबार साँझ पुडापेस्टस्थित फ्रांक पुस्कास स्टेडियममा भएको खेलमा फ्रान्सलाई हंगेरीले १–१ गोलको बराबरी रोकेको हो।

प्रतिस्पर्धात्मक खेलमा हंगरीका अतिला फिओलाले गोल गरेका थिए भने फ्रान्सका एन्टोइन ग्रिजम्यानले गोल गरेका थिए।

खेलमा अग्रता पनि घरेलु टोली हंगेरीले नै लियो । पहिलो हाफको इन्जुरी समयमा अतिला फिओलाले गोल गरेको थियो । उनले रोलान्ड सलाइको पासमा गोल गरेका थिए ।

६६औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि गोल नहुँदा फ्रान्स हंगेरीसँग अंक बाँड्न बाध्य भयो ।

योसँगै फ्रान्सले ठूलो प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई ९ खेलसम्म लम्बएको छ । यता, उसको लागतार ५ खेलको जितको यात्रा भने टुंगिएको छ।

युरोकपको ग्रुप अफ डेथका रुपमा रहेको समूह एफमा ४ अंकसहित फ्रान्स शीर्ष स्थानमा छ । यता, हंगेरीले पनि पहिलो अंक जोडेको हो । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई ३–०ले हराएको थियो भने हंगेरी पोर्चुगलसँग ३–०ले पारजित भएको थियो ।

Facebook Comments Box