महिला साफ च्याम्पियनसिप : भारत र बंगादेशको जित

Read Time:1 मिनेट

दशरथ रंगशालामा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपको दोस्रो दिन उपाधि दाबेदार भारत र बंगलादेश विजयी भएका छन्।

बुधबार दशरथ रंगशालामा भएको समूह एको पहिलो खेलमा भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि ३–०ले हरायो भने बंगलादेशले माल्दिभ्समाथि पनि ३–०कै जित निकाल्यो।

खेलको २१औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोलपछि भारतले १–० को अग्रता लियो। त्यसको दुई मिनेटपछि ग्रेस डाङमेईले गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन्।

त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गरेपछि भारतले ३–० को अग्रता लिन सक्यो। त्यसपछि गोल नहुँदा भारत विजयी भयो।

बुधबारको दोस्रो खेलमा बंगलादेशले पनि माल्दिभ्समाथि ३–० कै जित निकाल्यो । खेलमा ३३औं मिनेटमा सबिना खातुनको गोलमा बंगलादेश अग्रता लियो । उलने ३० यार्डबाट सुन्दर गोल गरेकी थिइन्।

लगत्तै अर्को मिनेटमा मासुर प्राविनले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । सविनाले नै ४०औं मिनेटमा गोल गर्दै बंगलादेशले ३–०को जित निकाल्यो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यानले तत्काल सन्दीपलाई कुनै काबराही नगर्ने
Next post लोवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित
Close