बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा, फाइनल प्रवेशका लागि स्पेनसँग खेल्ने

रोबर्टो मान्सिनीको टिम इटाली युरोकप फुटबलको सेमिफाइनलमा पुगेको छ। शुक्रबार राति जर्मनीको म्युनिखमा भएको खेलमा बेल्जियमलाई २–१ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

मान्सिनीको प्रशिक्षणमा ३२ खेलमा अपराजित रहेको इटालीले फाइनल प्रवेशका लागि तीन पटकको च्याम्पियन स्पनेसँग खेल्ने भएको छ। स्पेन शुक्रबार राति नै भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ले हराउँदै सेमिफाइनल पुगेको हो।

बेल्जियमविरुद्ध इटालीलाई जित जिन दिलाउन निकोलो बरेल्ला र लोरन्जो इन्सिग्नेले गोल गरे भने बेल्जियमका रोमेलु लुकाकुले गोल गरे। तीनै पहिलो हाफमा सम्भव भएको थियो।

खेलमा ३१ औं मिनेटमा बरेल्लाको गोलमा इटालीले अग्रता लियो । उनले मार्को भेराट्टीको पासमा डिबक्स भित्रबाट गोल गरेका थिए । त्यसपघि १४औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, सो गोल भारमार्फत असफसाइड भएको थियो।

४४औं मिनेटमा इन्सिग्नेले उत्कृष्ट गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । सेन्टरनजिक बरेल्लाले दिएको पासलाई एकल प्रयासमा डिबक्स नजिक लग्दै इन्सिग्नेले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफकै इन्जुरी समयमा बेल्जियमले गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गरेका थिए । इटालीका डिफेन्डर डि लोरेन्जोले जेरेमी डोकुलाई लडाएपछि प्राप्त पेनाल्टीमा लुकाकुले गोल गरेका थिए । प्रतियोगितामा लुकाकुको यो चौथो गोल हो।

दोस्रो हाफमा बेल्जियमले गोल फर्काउने निरन्तार प्रयास गरेपनि उसको प्रयास सफल हुन सकेन । दोस्रो हाफको उसलका दुई निश्चित गोलका अवसर खेर गएको थियो। केभिन डे ब्रयुनाको पासमा किपर बिट भएको अवस्थामा लुकाकुले प्रहार गरेको गोल लाइनमा स्पिनाजोलाले छेकेको थिए ।

यस्तै, चाड्लीको क्रासमा फ्रि अवस्थामा लुकाकले हेडिङ गर्न भेटेनन् भने थोर्गन हाजार्डले ब्याकहिल प्रयास गरेपनि त्यसलाई पोस्टको दिशा दिन सकेनन् । पहिलो हाफमा पनि बेल्जियमका तीन उत्कृष्ट प्रहार इटालीका किपर जियानलुइजी डोनारुमाले बचाएका थिए ।

Facebook Comments Box