कोपा अमेरिकामा अर्जेन्टिनाकाे निराशाजनक सुरुआत, मेसीले उत्कृष्ट गोल गर्दा पनि रोकियो

ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितमा अर्जेन्टिनाले निराशाजनक सुरुआत गरेको छ। सोमबार राति ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक रंगशालामा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो।

३३औं मिनेटमा कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो । मेसीले फ्रिकिकमा गोल गरेका थिए । तर, ५८औं मिनेटमा इडुआर्ड भार्गासले गोल गर्दै खेललाई बराबरीमा ल्याए। अर्टुरो भिडालको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका थिए। त्यसपछि गोेल नहुँदा अर्जेन्टिना अंक बाँड्न बाध्या भयो।

अर्जेन्टिना लगतार तस्रो खेलमा बराबरीमा रोकिएको हो। कोपा अमेरिकाअघि भएको विश्वकप छनोटका दुई खेलमा पनि उ बराबरीमा रोकिएको थियो । उ चिलीसँग १–१ र कोलम्बियासँग २–२ गोलको बराबरीमा रोकिएको थियो।

खेलमा बल पोजेसन भने चिलीको राम्रो थियो, तर आक्रमण भने अर्जेन्टिनाले बढी गरेको थियो । चिलीले ५१ प्रतिशत बल पोजेसन बनाउँदै अर्जेन्टिनाको पोस्टमा ५ सट प्रहार गरेको थियो, जसमा ४ सट फ्रेममा थियो । यता, अर्जेन्टिनाले १८ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो।

Facebook Comments Box