कोपा अमेरिका : बोलिभियामाथि पाराग्वेको पुनरागमन जित

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो खेलमा पाराग्वे विजयी भएको छ। मंगलबार बिहान भएको खेलमा खेलमा पाराग्वेले १० खेलाडी सीमित बोलिभियामाथि ३–१को पुनरागमन जित निकाल्यो ।

पराग्वेको जितमा एन्जल रोमेरोले २ गोल गरे भने अलेजान्ड्रो रोमेरोले १ गोल गरे । बोलिभियाका एर्विन साभेद्रले गोल गरेका थिए।

१०औं मिनेटमै एर्विन साभेद्रले गोल गर्दै बोलिभियालाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी टाइममा जाउमे कुएलर दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलिभिया दबाबमा परेको थियो ।

त्यसको फाइदा पराग्वेले दोस्रो हाफमा उठाउँदै तीन गोल गर्दै जित निकाल्यो । ६२औं मिनेटमा अलेजान्ड्रो रोमेरोले गोल गर्दै खेललाई १–१को अवस्थामा ल्याए । त्यसपछि एन्जल रोमेरोले ६५औं र ८०औं मिनेटमा गोल गर्दै टिमलाई ३–१को पुनरागमन जित दिलाए ।

जितपछि ३ अंक जोडेको पाराग्वे समूह बीको शीर्ष स्थानमा छ । समान एक अंक जाडेका अर्जेन्टिना र चिलीले दोस्रो र तेस्रो स्थानमा छन्।

Facebook Comments Box