म्याच प्रिभ्यू : बलियाे स्पेनलाई ‘अन्डर डग’ स्वीट्जरल्यान्डको चुनौती

जारी युरोकपकाे क्वार्टरफाइनलका खेलहरु आजबाट सुरु हुँदै छन्। क्वार्टरफाइनलको पहिलो खेलमा आज राति ९ः४५ बजे तीनपटकको च्याम्पियन स्पेनले ‘अन्डर डग’को छवि बनाएको स्वीट्जरल्यान्डको सामाना गर्दै छ। यो खेल रुसको सेन्ट पिरर्सबर्गमा हुने छ।

सेन्ट पिटर्सबर्गमा स्वीट्जरल्यान्डविरुद्ध मैदान उत्रँदा स्पेन सचेत हुनेछ। स्वीट्जरल्यान्डभन्दा स्पेन निकै बलियो छ, र सफल पनि । तर, जारी युरोकपमा उसले जस्तो प्रदर्शन गरिरहेको छ, त्यसले स्पनेलाई सचेत हुन बाध्य बनाएको छ। अन्तिम १६मा फ्रान्सविरुद्ध स्वीट्जरल्यान्डले जस्तो प्रदर्शन ग¥यो, त्यसले स्पेनले उसलाई कमजोर आँक्ने छैन।

यता, स्वीट्जरल्यान्ड पनि अन्तिम १६मा फ्रान्ससँगको जस्तै प्रर्दशन स्पेनविरुद्ध पनि दोहो¥याउँदै इतिहास रच्ने दाउनमा हुनेछ। किनभने उ दोस्रो पटक मात्र क्वार्टरफाइनल खेलिरहेको छ।

स्पेन एक्स्ट्रा टाइममा क्रोएसियामाथि ५–३को जित निकाल्दै अन्तिम आठमा आइपुगेको हो भने पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्वीट्जरल्यान्डले अविश्वसीयन रुपमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै विश्व विजेता फ्रान्सलाई टाइब्रेकरमा ५–४ले हराएको थियो।

फ्रान्सविरद्ध खेलेजस्तो स्पेनविरुद्ध खेल्न स्वीट्जरल्यान्डलाई सहज हुनेछैन । किनभने स्पेन बल पोजेसनमा राख्दै विपक्षीलाई दबाब दिने टिम हो । उसका हरेक खेलाडी गोल गर्न सक्षम छन्, र त्यो उनीहरुले पछिल्ला २ खेलमा देखाएका छन्। प्रतियोगितामा उसका फरक ६ खेलाडीले गोल गरेका छन्

स्पेन जारी युरोकपको सर्वाधिक गोल गर्ने टिम हो। उसले ४ खेलमा ११ गोल गरिरहसेको छ। त्यो पनि पछिल्ला २ खेलमा मात्र उसले १० गोल गरेका छन् । र, युरोकपका लागतार दुई खेलमा ५ गोल गर्न उ एक्लो टिम हो।

स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो। यता, स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।

हेड टु हेड

स्पेन र स्वीट्जरल्यान्ड अहिलेसम्म २२ पटक भिडेका छन् । त्यसमा स्पेनले एकखेल मात्र गुमाएको छ। उसले स्वीट्जल्यानडविरुद्धका १६ खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन् । स्पेनलाई स्वीट्जरल्यान्डले सन् २०१०को विश्वकपमा हराएको थियो।

युरोकपमा भने स्पेन र स्वीट्जरल्यान्ड पहिलो पटक भिड्न लागेका छन् । यी दुई टिममा विश्वकपमा सन् १९६६, १९९४ र सन् २०१०मा गरी ३ पटक भिडेका छन्।

प्लेयर्स टु वाच

पाब्लो साराबिया (स्पेन) : फ्रेन्च क्लब पिएसजीबाट व्यवसायिक फुटबल खेल्ने साराबिया स्पेनिस टिममा पर्दा धेरैले प्रशिक्षक लुइस एनरिकेमाथि प्रश्न उठाए । यो सिजन पिएसजीबाट उनको प्रदर्शन राम्रो थिएन, उनलाई लिएर प्रश्न उठाउनु स्वभाविककै थियो ।

तर, २ वर्षीय यी विंगरले टिममा आफूलाई किन राखियो भन्ने प्रमाणित गरिसकेका छन्, आलोचकलाई गतिलो जवाफ दिइसकेका छन्। सूरुआती २ खेलमा बेन्मै रहेका उनले पछिल्ला २ खेलमा सुरुआतबाटै मौका पाए । ती दुई खेलमा २ गोल र २ असिस्ट गर्दै आफूलाई प्रमाणित गरेका छन्। त्यसैले अन्डर डग स्वीट्जरल्यान्डविरुद्ध पनि साराबिया स्पेनका मुख्य खेलाडी हुने छन्।

ग्रानिटा जाका (स्वीट्जरल्यान्ड): मिडफिल्डर जाका वर्तमान स्वीस टिमका स्टार खेलाडी हुन् र टिमका लिडर अर्थात् कप्तान पनि । जारी युरोकपमा उनले आफूलाई कप्तानका रुपमा र एउटा खेलाडीका रुपमा पनि प्रमाणित गरेका छन्।

अविश्वसनीय रुपमा टिमलाई क्वार्टरफाइनलमा पु¥याउन जाकाको भूमिका महत्वपूर्ण छ । अझ फ्रान्सविरुद्धको अन्तिम १६को खेलमा त जाका मैदान भरिनै छाएका थिए । सो खेलमा डिफेन्सदेखि अट्याकसम्म उस्तै सशक्त प्रदर्शन गरेका थिए। त्यसैले स्पेनविरुद्ध पनि टिमले जाकाबाट त्यस्तै प्रदर्शनको अपेक्षा राखेको छ।

Facebook Comments Box