मेसीले कीर्तिमान बनाउँदा बार्सिलोना विजयी

कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनलो रियल भालाडोलिडलाई १–० ले हराएको हो ।

भालाडोलिडको मैदानमा बार्सिलोनालाई जित दिलाउन अर्टुरो भिडालले निर्णायक गोल गरे । उनले १५औं मिनेटमा मेसीको पासमा गोल गरेका थिए । खेलमा भालाडोलिडले गोल थुप्रै सुनौला अवसर सिर्जजना गरेका थिए, तर गोल गर्न सकेन ।

यो असिस्टसँगै मेसीले लेजेन्ट जाभीको नाममा रहेको कीर्तिमान बराबरी गरे । मेसीले एकै सिजन ला लिगामा २० असिस्ट गर्न जाभीको कीर्तिमान बराबरी गरेका हुन् ।

जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ८० अंक रहेको छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.