रियलमा जिदानको दोस्रो इनिङ

स्पेनिस क्लब रियल म्याड्रिडमा जिनेदिन जिदानले प्रशिक्षकमा रुपमा दोस्रो इनिङको सुरुवात गरेका छन् । उनले दोस्रो इनिङको सुरुवात जितका साथ गरेका छन् ।

रियललाई ३ तीन वर्ष ९ उपाधि दिलाएर जिदानले यस सिजनको सुरुवातमा प्रशिक्षकबाट राजिनामा दिएका थिए । तर, जिदानले रियल छाडेपछि क्लबले निरन्तर खराब प्रदर्शन गर्‍यो, र उनी पुनः १० महिनापछि प्रशिक्षककै रुपमा रियल फर्किए ।

रियलमा जिदानले लगातार ३ च्याम्पियन्स लिग उपाधि जितेका छन् । यस्तै, २ फिफा क्लब विश्वकप, २ युइएफए सुपर कप, १ ला लिगा र १ सुपर कोपा डे स्पानाको उपाधि जितेको छन् ।

रियलमा दास्रो इनिङ सुरुवात जिदानले ला लिगामा सेल्टाभिगोलाई २–० ले पराजित गर्दै सुरुवात गरे । रियललाई जित दिलाउन सान्टियागो सोलारीको नेतृत्वमा खासै मौका नपाएका इस्को र गेराथ बेलले १–१ गोल गरे ।

सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले ६२औं मिनेटमा इस्कोको गोल सुरुवाती अग्रता लियो । बेलले ७७ औं मिनेटमा गोल गरेपछि खेल रियलले २–० ले जित्यो ।

खेलमा रियलले ५७ प्रतिशत बल पोजेसन बनाएको थियो । रियलले सेल्टाभिगोको पोस्टमा २२ सट प्रहार गरेको थियो, जसमध्ये ७ सट फ्रेममा थियो । सेल्टाभिगोले ६ सट प्रहार गरेको १ सटमात्र फ्रेममा थियो ।

जितपछि रियल ५४ अंकका साथ तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा ६३ अंकका साथ बार्सिलोना छ । दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५६ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP