रोनाल्डोको गोलमा जोगियो युभेन्ट्स, इन्टर विजयी हुँदा रोकियो एसी मिलान

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि इटालियन सिरी ‘ए’मा डिफेन्डिङ च्याम्पियन युभेट्स हारको जोर्गिको छ। सिरि एअन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले टोरिनोसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

१३औं मिनेटमा फेड्रिको चियसाले अल्भारो मोराटाकोे पासमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । तर, २७औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १–१ गोलको बराबरीमा ल्याए।

पहिलो १–१को बराबरीमै सकियो । दोस्रो हाफको पहिलो मिनेटमै सनाब्रियाले नै गोल गरेपछि टोरिनोल २–१को अग्रता लिाये । त्यसपछि खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–२ गोलको बराबरीमा ल्याए। उनले जर्जियो चिलिनिको पासमा गोल गरेका थिए। यो सिजन सिरिएमा २३ गोल गरेका उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानामा छन्।

यसैगरी शनिबार राति नै भएका अन्य खेलमा इन्टर मिलानले साँघुरो जित निकाल्दा एसी मिलान बराबरीमा रोकिएको थियो । इन्टरले बोलोग्नालाई १–० गोलले हराउँँदा एसी मिलान म्पडोरियासँग १–१ गोलको बराबरीमा रोकियो।

इन्टरको जितमा इन्टरको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे। उनले ३१ औं मिनेटमा गोल गरेका थिए। यता, घरेलु मैदानमा जेन्स पिटरले गोल गरेपछि मिलान हारबाट जोगिएको हो । उनले खेलको ८७ औं मिनेटमा गोल गरेका थिए। त्यसअघि खेलको ५७ औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा एड्रिन सिल्भाले रातो कार्ड पाएपछि साम्पडोरिया १० खेलाडीमा समेटिएको थियो ।

दोस्रो र चौथोे स्थानमा रहेका दुई क्लब एसी मिलान र युभेन्ट्स बराबरीमा रोकिँदा फाइदा इन्टरलाई भएको छ । जितसँगै इन्टरले २८ खेलमा ६८ अंकसहित शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको एसी मिलानसँग ८ अंकको अग्रता बनाएको छ। एसी मिलानको ६० अंक छ भने ५६ अंकसहित युभेन्ट्स चौथो स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.