एट्लान्टा तेस्रो स्थानमा उक्लियो, नापोली र रोमा पनि विजयी

साम्पडोरियालाई पराजित गर्दै एट्लान्टा इटालियन सिरि एको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति घरेलु मैदानमा एट्लान्टाले साम्पडोरियालाई २–०ले पराजित गरेको हो ।

जितसँगै एटलान्टा लिगको तेस्रो स्थानमा उक्लिएको छ । एटलान्टाले ३१ खेलमा ६६ अंक जोडेको छ भने साम्पडोरिया ३२ अंकका साथ १६औं स्थानमा छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७५औं मिनेटमा राफेल टोलोइको गोलमा एट्लान्टाले अग्रता लियो । ८५ औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै एट्लान्टालाई २–० को जित दिलाए ।

यसैगरी शनिबार राति नै भएका अन्य खेलमा नापोली र रोमा पनि विजयी भएका छन् । नापोलीले जिनोआलाई २–१ले हराउँदा रोमाले पार्मामाथि पनि २–१ कै जित निकाल्यो ।

नापोलीको जित डायर्स मार्टिन्स र हिर्विङ लोजानोले गोल गरे भने जिनोआका इडआर्डो गोल्डानिगाले गोल फर्काइका थिए । यस्तै रोमालाई जित दिलाउन हेनरिख मिखिटार्यन र जोर्डन भेटोउटले गोल गर्दा पार्माका जुराज कुकाले गोल गरेका थिए ।

यस्तै अन्य खेलमा सस्सुओलोले बोलोग्नालई २–१ तथा टोरिनोले ब्रेसियालाई ३–१ले हरायो । फियोरेन्टिना र काग्लिअरीले गोलरहित बराबरी खेले ।

५१ अंकका साथ नापोली छैठौं स्थानमा छ भने ५१ अंक नै जोडेको रोमा पाचौं स्थानमा छ । ४३अंकका साथ सस्सुओलो आठैं स्थानमा रहँदा पार्मा १२, फियोरेन्टिना १३ र टोरिनो १४औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.