इटालीको सहज जित, रोकियो जर्मनी

मैत्रीपूर्ण फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा इटालीले सहज जित निकाल्दै जर्मनी भने बराबरीमा रोकिएको छ । इटालीले माल्दोभालाई ६–०ले पराजित गर्दा जर्मनी टर्कीसँग ३–३ गोलको बराबरीमा रोकियो ।

घरेलु मैदानम भएको खेलमा रोबर्टो मान्सिनीको टिम इटालीले पहिलो हाफमै ५ गोल गरेको थियो । उसका लािग इटालीको जितमा स्टेफन एल सरावीले दुई गोल गर्दा ब्रायन क्रिस्टान्टे, फ्रान्सेस्को कापुटो र डोमिनिको बेराडीले एक–एक गोल गरेका थिए । माल्दोभाका विसेस्लाव पोस्माकले एक आत्मघाती गोल गरेका थिए ।

यता, तीन पटक लिएको अग्रता जोगाउन नसक्दा जर्मनी घरमै टर्कीले ३–३ गोलको बराबरीमा रोकिएको छ । जर्मनले पहिलो हाफको इन्जुरी सयममा जुलियन ड्रग्सलरको गोलमा अग्रता लिएको थियो। तर, ४९औं मिनेटमा टर्कीका ओजान तुफानले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

५८औं मिनेटमा लोरियन न्यूरोहासले गोल गर्दै जर्मनीलाई पुनः अग्रता दिलाए । तर, इफेकान कारकाले ६७औं मिनेटमा गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए । ८१औं मिनेटमा जुयान लुका वाल्डस्मिटले गोल गरेपछि जर्मनीले ३–२को अग्रता लियो । तर, केनन करमनले इन्जुरी सयममा गोल गर्दै खेललाइृ ३–३को बराबरीमा ल्याए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.