इटाली क्वार्टरफाइनलमा, एक्स्ट्रा टाइममा अष्ट्रिया २–१ ले पराजित

इटाली जारी युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति वेम्ब्लीमा भएको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ले हराउँदै इटालीले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

इटालीलाई जित दिलाउन फेडेरिका चिएसा र माटेओ पेसिनाले गोल गरे भने अष्ट्रियाका सासा कलाइसिचले गोल गरेका थिए। तीनै गोल सब्टिच्युट खेलाडीले गरेका थिए।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेटको समय थप गरिएको थियो । इटलीले युरोकपमा कीर्तिमानी आठौं पटक अतिरिक्त समयको खेले खेलेको हो भने अतिरिक्त सयमा पहिलो पटक गोल गरेको हो।

अतिरिक्त समयको पाँचौँ मिनेटमा चिएसाले लिओनार्डो स्पिनाजोलाको पासमा उत्कृष्ट गोल गर्दै इटलीलाई सुरुआती अग्रता दिलाए। अतिरिक्त १५औं मिनेटमा अपेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । यस्तै, २३औं मिनेटमा सासा कलासिचले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्काउने प्रयास गरे, तर त्यसपछि गोल हुन सकेन।

पराजित भएपनि पहिलोपटक युरोकपको नकआउट चरणमा पुगेको अष्ट्रियाले उत्कृष्ट खेल खेल्यो। पहिलो हाफ इटालीले दवाब दिए पनि दोस्रो हाफमा भने अष्ट्रियाले दवाब दियो। र, ६७औं मिनेटमा मार्को अर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई अग्रता पनि दिलाए। तर, सो गोललाई भारले अफसाइड दिएको थियो।

सो खेलमा इटलीले आफ्नै नाममा रहेको लामो समय अन्तर्राष्ट्रिय फुटबलमा गोल नखाने रेकर्ड भंग गर्यो। अष्ट्रियाका कलासिचलेले अतिरिक्त सयममा गरेको गोल इटालीले १ हजार १६८ मिनेट पछि आएको हो। यसअघि उसले १९७२ देखि १९७४ सम्म १ हजार १४२ मिनेटसम्म गोल खाएको थिएन।

हाल इटाली पछिल्ला ३१ खेलमा अपराजित छ भने उसले पछिल्ला ११ खेलमा गोल नखाई जितेको थियो।

Facebook Comments Box