विश्वकप छनोटमा रोकियो युरोपियन च्याम्पियन इटाली, इंग्ल्यान्ड र पोल्यान्डको सहज जित

कतार विश्वकपको युरोपियन छनोटमा युरोपियन च्याम्पियन इटाली रोकिँदा इंग्ल्यान्ड र पोल्यान्डले सहज जित निकालेका छन्। बिहीबार राति भएको खेलमा इटाली बुल्गोरियासँग १–१ गोलको बराबरीमा रोकिँदा इंग्ल्यान्डले हंगेरीलाई ४–० ले र पोल्यान्डले अल्बानियालाई ४–१ ले पराजित गरे।

घरेलु मैदानमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा इटाली अंक बाँड्न बाध्य भयो । इटालीका फेडेरिको चिएसाले गोल १६औं मिनेटमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

तर, अटान ललिएभले ३९औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले किरिल डेस्पोडोभको पासमा गोल गरेका थिए । त्यसपछि कुनै गोल नहुँदा खेल बराबरीमा सकियो।

खेलमा बुल्गेरियामा पूर्णरुपमा दबाब बनाएपनि इटालीले गोल भने गर्न सकेन। इटालीले ७९ प्रतिशत बल पोजेसन बनाउँदै २७ सट प्रहार गर्दा ८ सट फ्रेममा थियो। यता, बुल्गेरियाले ४ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो।

समूह सीमा ४ खेलमा ३ जित र १ बराबरीसहित इटाली १० अंक जोड्दै शीर्ष स्थानमा छ । यो समूहमा २ खेलमा ६ अंक जोडेको स्वीट्रल्यान्ड दोस्रो स्थानमा रहाँद नर्दन आयरल्यानड ४ अंकसहित तेस्रो, २ अंकसहित बुल्गेरिया चौथो र अंकबिहीन लिथुआनिया पुछारमा छ।

यसैगरी बिहीबार नै भएको अर्को खेलमा इंग्ल्यान्डले हंगेरीमाथि ४–०को सहज जित निकाल्यो । इंग्ल्यान्डको जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी मगुयर र डेक्लन राइसले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल इंग्ल्यान्डले दोस्रो हाफमा गरेको थियो। उसका रहिम स्टर्लिङ ५५औं, ह्यारी केनले ६३औं, ह्यारी मगुयरले ६९औं र डेक्लन राइसले ८७औं मिनेटमा गोल गरेका हुन्।

यस्तै अर्को खेलमा पोल्यान्डले अल्कानियालाई ४–१ले हरायो । पोल्यान्डका लागि कप्तान रोबर्ट लेवान्डोस्कीले १२औं, एडम बुक्साले ४४औं, गर्जेगोर्ज क्रेचोविस्कीले ५४औं र कारोल लिनेट्टीले ८९औं मिनेटमा गोल गरेका थिए । अल्बानियाका सोकोल सिकालेसीले २५औं मिनेटमा गोल गरेका थिए।

विश्वपक छनोटमा इंग्ल्यान्ड र पोल्यान्ड दुवैमा समूह आईमा छन् । शतप्रतिशत जितसहित १२ अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने ७ अंक जोडेको पोल्यान्ड दोस्रो स्थानमा छ । ६ अंकसहित अल्बानिया तेस्रो, ३ अंक जोडेको एन्डोरा चौथो र सान मारिनो पाँचौं स्थानमा छ।

Facebook Comments Box