इटाली लगातार दास्रो पकट विश्वकपमा पुग्न असफल

Read Time:2 Minute

युरोपियन च्याम्पियन इटाली लगातार दोस्रो विश्वकपमा छनोट हुन असफल भएको छ । विश्वकपको युरोपियन छनोटका प्लेअफको सेमिफाइनलमा नर्थ म्यासेडोनियासँग १–०ले पराजित हुँदै इटाली लागातार दोस्रो पटक विश्वकपमा पुग्न असफल भएको थियो।

चार पटकको विश्वकप विजेता इटाली सन् २०१८को रुस विश्वकपमा पनि छनोट चरणमै रोकिएको थियो। इटाली तेस्रो विश्वकपमा छनोट हुन असफल भएको हो। सन् १९५८ पनि उ छनोट हुन सकेको थिएन।

बराबरीतर्फ उन्मूख खेलको इन्जुरी समयमा गोल गर्दै म्यासेडोनियाले फाइनलमा पोर्चुगलसँगको भेट पक्का गर्यो। इन्जरी समयको दोस्रो मिनेटमा अलेक्जेन्डर ट्राकोवस्कीले गोल गरेका थिए।

खेलमा म्यासेडोनियामाथि पूर्ण रुपमा दबाब बनाए पनि इटाली गोल गर्न असफल भयो। उसले ६६ प्रतिशत बल पोजेसन बनाउँदै ३२ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो। यता, म्यासेडोनियाले ४ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

यस्तै, वेल्स पनि विश्वकप छनोटको प्लेअफ समूह बीको फाइनलमा पुगेको छ। ग्यारेथ बेल चम्किएपछि बेल्सले अस्ट्रियालाई २–१ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

अब उसले फाइनलमा स्वीडेनको सामाना गर्नेछ। बिहीबार राति नै भएको खेलका अतिरिक्त समयको चेक रिपब्लिकलाई १–०ले हराउँदै स्वीडेनले पनि फाइनलमा स्थान बनाएको हो। स्वीडेनको जितमा ११०औं मिनेटमा रोबिन क्वेइसनले गोल गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युवा टिम बनाउँदैछौं : प्रशिक्षक पुबुदु
Next post टर्कीलाई हराउँदै पोर्चुगल विश्वकप नजिक
Close