इटाली र अर्जेन्टिनाले वेम्बलीमा खेल्ने

Read Time:1 Minute

युरोपेली च्याम्पियनसिप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच ‘फाइनलिसिमा’ उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल जुन १ मा वेम्बली स्टेडियममा हुने छ ।

खेल स्थानीय समयअनुसार साँझ ७स्४५ बजे हुनेछ । युइएफएले मंगलबार एक विज्ञप्तिमार्फत खेल हुने सार्वजनिक गरेको हो । खेलको निर्धारित ९० मिनेट बराबरी भए सिधै टाइब्रेकरमार्फत खेलको निर्णय लिइनेछ ।

फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउने जमर्को गर्दै २९ वर्षपछि पुन: खेल गर्न लागिएको जनाइएको छ । युइएफए र दक्षिण अमेरिकी कन्मेबलसँग तीन वर्षको सम्झौता गरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टियू मैदानमा हुने सिरिजका लागि टिम घोषणा, देव खनाल र आदिल अन्सारी पहिलो टिममा
Next post टियूमा हुने एकदिवसीय र टि–२० सिरिज कान्तिपुरले लाइभ गर्ने
Close