म्याच प्रिभ्यू : लयमा रहेको इटालीलाई रोक्ने अष्ट्रियाको दाउ

जारी युरोकपको नकआउट चरणको दोस्रो खेलेमा आजै राति सबैभन्दा लयमा देखिएको इटाली र अष्ट्रिया भिड्दै छन्। राति १२ः४५मा सुरु हुने यो खेल इंग्ल्यान्डको बेलम्बीमा हुने छ।

इटाली समूम एको विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको टिम हो भने अष्ट्रिया समूह सीको उपविजेता हो। अष्ट्रियासामू बलियो इटालीलाई रोक्ने चुनौती छ, तर त्यो त्यति सहज भने छैन ।

किनभने इटाली जारी युरोकपमा गोल नखाई शतप्रतशित नतिजा निकाल्ने एकमात्र टिम हो। यतिमात्र होइन इटाली पछिल्ला ३० खेलमा अपराजित छ भने ११ खेल यता कुनै पनि गोल खाएको छैन । त्यसैले इटालीलाई रोक्नु अष्ट्रियाका लागि फलामको च्युरा चपाउनु सहर हुने छ।

तर, अष्ट्रियाका प्रशिक्षक फ्रान्को फोडा इटालीको लगातार जितको क्रम सधैंका लागि नभएको मान्छन्। उनी भन्छन्, ‘इटाली लगातार हारेको छैन, त्यसैले उसको सामना गर्दा यो काम पक्कै कठिन देखिन्छ ।’

लगातार अपराजित यात्राको कीर्तिमानसँगै इटालीले अर्को कीर्तिमान बनाएको छ । यो हो, इटालीले पछिल्ला ११ खेलमा कुनै गोल खाएको छैन । मिनेटका हिसाबमा यो १ हजार ५५ मिनेट पुग्छ । अस्ट्रियाले पनि इटालीविरुद्ध गोल गर्न नसके सन् १९७२ देखि १९७४ बीच इटालीको १ हजार १ सय ४३ मिनेट गोल नखाएको कीर्तिमान उछिन्ने छ । सन् २०१८ को विश्वकपमा छनोट हुन असफल इटालीका लागि अहिलेको प्रदर्शन अद्वितीय हो ।

अस्ट्रियाले पनि प्रतियोगितामा उच्चस्तरको प्रदर्शन दिएको छ । समूह सीको तीनमध्ये दुई खेलमा जित हात पारेको अस्ट्रियाले पनि आफू कमजोर नरहेको प्रमाण प्रस्तुत गरिसकेको छ । त्यसैले पनि प्रिक्वार्टरफाइनल चरणको दोस्रो खेल रोमाञ्चक हुने निश्चित छ । यी दुई टोलीबीचको यसअघिको प्रतिस्पर्धाले पनि खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ । इटाली र अस्ट्रिया फुटबलमा परम्परागत प्रतिद्वन्द्वी हुन् ।

यी दुई टोलीले एकअर्काविरुद्ध अहिलेसम्म ३५ पटक प्रतिस्पर्धा गरेका छन् । जसमध्ये १६ खेलमा इटाली र ११ खेल अस्ट्रियाले जितेको छ । बाँकी आठ खेल बराबरीमा रोकिएका छन् । यी खेलमा इटालीले ४८ गोल गरेको छ भने अस्ट्रियाले ५० गोल गरेको छ ।

यी दुई टोलीले युरोकपमा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । युरोकपको नकआउट चरणमा दुई टोलीले पहिलोपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । इटाली र अस्ट्रियाले यसअघि सन् २०१६ को युरोकपको समूहगत चरणमा दुईपटक प्रतिस्पर्धा गरेका थिए । दुईमध्ये पहिलो खेलमा इटालीले २–१ को जित हात पार्दा दोस्रो खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

Facebook Comments Box