नेसन्स लिगको सेमिफाइनलमा स्पेन र इटाली भिड्दै

युईएफए नेसन्स लिगको दोस्रो संस्करणको फाइनल्सका खेलहरू आज रातिबाट सुरु हुँदैछ। फाइन्लसको पहिलो सेमिफाइनलमा आज राति युरोपियन च्याम्पिन इटालीले स्पेनको सामाना गर्दैछ। खेल राति १२ः४५ बजे इटालीको सान सिरोमा हुनेछ।

युईएफले सन् २०१९ बाट सुरु गरेको नेसन्स लिगको दोस्रो संस्करणमा इटाली लिग एको समूह १को विजेताका रुपमा सेमिफाइनल पुगेको हो भने स्पेन समूह ४को विजेता हो।

यो खेलमा स्पेनलाई युरोकप सेमिफाइनलमा प्राप्त हाफको बदला लिने अवसर पनि हुनेछ। युरोकपको सेमिफाइलनमा स्पेन इटालीसँग स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ले पराजित भएको थियो।

दुवै टिमम युरोकप खेलेकै अधिकांश खेलाडी छन् । इटाली युरोकपका हिरो फेडेरिको चिएसा, जियानलुइजी डोनारुमा, लोरन्जो इन्सिग्ने, मार्को भेराटी र जर्गिन्हो हुनेछन् भने उसलाई युवा स्ट्राइकर मोइस केनको पनि साथ हुने छ।

यता, स्पेनको टिममा पनि उनाइ सिमोन, एमेरिक लोपोर्ट, सर्जियो बुस्केट्स, फेरान टोरेसलगायत युरोपक खेलेका खेलाडी हुँदा सर्जियो रेगिइलियन, पाब्लो फोर्नाल्सको साथ पनि उसलाई हुने छ।

स्पेन र इटालीबीच भएका पछिल्ला ४ भिडन्तमा २ खेल बरारबीमा समान १ खेल इटाली र स्पेनले जितेका छन्।

यस्तै, नेसन्स लिगकै दोस्रो सेमिफाइनलमा विश्वविजेता फ्रान्स र बेल्जियम भिड्ने छन्। यो खेल बिहीबार राति १२ः४५ बजे इटालीकै युभेन्ट्स स्टेडियममा हुनेछ ।

Facebook Comments Box