जर्जिन्होले पेनाल्टी चुकाउँदा स्वीट्जरल्यान्डसँग रोकियो इटाली

Read Time:1 Minute

स्टार मिडफिल्डर जर्जिन्होले पेनाल्टीमा गोल गर्न असफल भएपछि युरोपियन च्याम्पियन इटाली विश्वकप छनोटमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा अन्तिम समयमा प्राप्त पेनाल्टीमा जर्जिन्होले गोल गर्न नसकेपछि इटाली स्वीट्जरल्यान्डसँग अंक बाँड्न बाध्य भयो।

यो बराबरीसँग इटालीले एकखेल अगावै विश्वकपमा छनोट हुने अवसर गुमाएको छ। खेलपछि समूह सीमा सात चरणका खेल सकिँदा इटली र स्विट्जरल्यान्डको समान १५ अंकमा छ । र, उनीहरु क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

खेलमा स्विट्जरल्यान्डले सिल्भान विडमेरको गोलबाट ११ औं मिनेटमा अग्रता लियो। ३६औं मिनेटमा जिओभानी डी लोरेन्जोले इटालीका लागि बराबरी गोल फर्काए। अन्तिम समयमा भारको सहायताले पेनाल्टी पाएपनि इटली जित निकाल्न सफल भएन । जर्जिन्होको प्रहार बाहिरिएको थियो।

समूह सीकै अर्को खेलमा नर्थन आयरल्याण्ड र लिथुआनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी
Next post भेट्रान ब्राजिलियन डिफेन्डर डानी अल्भेस बार्सिलोना फर्किए
Close